
काठमाडौं । नयाँ बजेट लेख्नको लागि अर्थमन्त्रालयले बजेट लेख्ने समिति बनाएको छ । आर्थिक वर्ष (२०८०÷८१) को बजेट लेख्न समिति गठन भएको हो ।
मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी बजेट मस्यौदा लेखन समिति गठन गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
बराल हिजो मात्र अर्थमन्त्रालय सरुवा भएर आएका हुन् । बजेट लेख्ने टोलीमा सहसचिव उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।
त्यस्तै, खत्री पनि हिजो मात्रै अर्थ आएका हुन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भएर काम भइरहेको छ ।
आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसअघि नै बजेट निर्माणको कार्यतालिका समेत बनेको छ ।
Facebook Comments