
काठमाडौं । पछिल्लो समय एकपछि अर्काे सहकारी भागिरहेका छन् । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभका अध्यक्ष तथा सञ्चालक विदेशतिर भाग्ने तयारीमा स्रोतले बतायो ।
सहकारीका सबै पैसा आफना नातेदार नाममा राखेर विदेश भाग्ने तयारी गरिरहेको स्रोत बताउछ । हाल सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभले सर्वसाधारणको करिव ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न सकेको छैन । सहकारीबाट उठेको सुमेरू गू्रपले हस्पिटल, कलेज, रियलस्टेट लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ ।
सहकारीको ठुलो रकम हिनामिना गरेको आरोप लागेका पुर्व अध्यक्ष भरत मर्हजन लामो समयदेखि बेलायतमा हराएपछी सदस्यहरुको बिचल्ली भएको हो । पूर्व अध्यक्ष भरत मर्हजन सहित उनका आफन्त सञ्चालकहरु हेमराज दहाल, विनोद आचार्य, दिलिप डङगोल, सुनिल डङगोल, सोछन्दा मानन्धर, रमेश मर्हजन, लेखापाल सुदिप मल्ल, सिइओ बिरु मर्हजनलगायतले स्थापना गरेको सो सहकारीले अहिले जनताको ८ अर्ब रकम फिर्ता गर्न सकेका छैनन् ।
वागमती प्रदेशको नियमनमा रहेको सुमेरु सहकारीमा २५ सय सेयर सदस्य रहेको र ती सेयर सदस्यबाट साढे ८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले बतायो ।
सुमेरुले बागमती प्रदेशमा पेश गरेको वित्तिय विवरणमा १० अर्ब ५ करोड ३२ लाख रुपैयाँको ब्यालेन्ससिट देखाएको छ । निक्षेपको साढे ८ अर्ब बाहेक बाँकी उसको सम्पत्तिको मूल्यांकन गरेर ब्यालेन्ससिटमा देखाइएको छ ।
गत फागुनमा सुमेरुले विशेष साधारण सभा गरेर सञ्चालक परिवर्तन गरेको थियो । हालका सञ्चालकमा अध्यक्ष कृष्ण प्रसाद कंडेल, दिनेश थापा उपाध्यक्ष, तिलबहादुर शितौरेमगर सचिव, प्रेमप्रकाश सुवली कोषाध्यक्ष र सदस्यहरु माधव पाठक, रविन्द्र चौलागाइ र सुमन थापा क्षेत्री रहेका छन् ।
तर पिडितहरु उजुरी गर्न भने नआएको बुझिएको छ । बागमती प्रदेशका रजिष्ट्रर रोहित पोखरलेले बाहिर हल्ला आएपनि कुनै पनि निक्षेपकर्ता उजुरी गर्न नआएको बताउ ।
Facebook Comments