काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वाणिज्य बैंकसहित १६ वटा ब्रोकर कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको छ । बोर्डको आज बिहान बसेको संचालक समितिको बैठकले १६ वटालाई आशयपत्र दिने निर्णय  गरेहको हो । 

आशय पत्र पाएका १६ कम्पनीले ६ माहिनाभित्र बोर्डले तोकेको मापदण्ड अनुसार भौतिक पुर्वाधार निर्माण गरिसक्नु पर्नेछ । त्यसपछि मापदण्ड पूरा गरी पुर्वाधार निर्माण गरेकालाई अनुमति पत्र दिइने छ ।

एलओआई पाउनेमा स्टक डिलरको रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेको छ । बाँकि १४ वटा भने सिमित कार्य गर्ने ब्रोकर कम्पनी रहेका छन् ।

आशय पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकेज कम्पनी, सीबिआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरविवि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज,भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज रहेको छ ।

कुन कुन बैंकले पाए ?

नबिल बैंक, साविक मेगा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकलाई सहायक कम्पनीका रुपमा धितोपत्र सम्बन्धि कारोबार गर्न आशयपत्र प्रदान गरेको हो ।

धितोपत्र बोर्डका अनुसार नबिल बैंकले धितोपत्र व्यापारीको काम गर्न सहायक कम्पनीका रुपमा नबिल सेक्युरिटिज लिमिटेडको नामबाट एलओआई प्राप्त गरेको छ । यस्तै, साविक मेगा बैंकले धितोपत्र सम्बन्धि पूर्ण कार्य गर्न मेघा स्टक मार्केट लिमिटेडको नामबाट एलओई प्राप्त गरेको हो ।

यस्तै, सिटिजन्स बैंकले सहायक कम्पनीका रुपमा सिविआईएल सेक्युरिटिज लिमिटेड, कुमारी बैंक केविएल सेक्युरिटिज लिमिटेड, एनएमबि बैंकले एमएमबि सेक्युरिटिज लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकले आरबिबि सेक्युरिटिज कम्पनी लिमिटेड र सानिमा बैंकले सानिामा सेक्युरिटिज लिमिटेडको नामबाट धितोपत्र सम्बन्धि सीमित कार्य गर्न लागि एलओआई प्राप्त गरेका हुन् ।

हिमालयन ब्रोकेज कम्पनी, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, आकाश भैरव सेक्युरिटिज, एलिट स्टक हाउस, एसपीएसएस सेक्युरिटिजलाई सिमित कार्य गर्ने धितोपत्र दलाल सम्बन्धि आशयपत्र प्रदान गरेको हो ।