काठमाडौं । तत्कालीन सेन्चुरी बैंकमा रहदा ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा १० जना प्रक्राउ गरेका छन् । 

१ अर्बको धित्तो राखेर २ अर्बभन्दा धेरै ऋण दिने तत्कालिन  सेन्चुरी बैंक १० जना कर्मचारी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेहरुमा तुल्सीराम गौतम, सबिन घिमिरे, सुबासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनिल बस्नेत, मनोज न्यौपाने, दिलिप बराल, दिपेश प्रधान, राजेश भन्डारी र रमन श्रेष्ठ छन् । राजेश भन्डारी तत्कालिन लोन प्रमुख हुन् ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो । प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १ः१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले ११ जनालाई पक्राउ पुर्जी जारी गरेकोमा १० जनालाई पक्राउ गरेको हो ।