
ललितपुर । जिल्लामा नेकपा एमालेका स्थानीय तहका अधिवेशनहरु धमाधम सम्पन्न भईरहेका छन् । गत चैत्रमा जिल्ला कमिटिको नवौँ अधिवेशन सम्पन्न भएपश्चात यही ज्येष्ठ मसान्तसम्म स्थानीय अधिवेशनहरु सम्पन्न गर्नुपर्ने केन्द्रिय कमिटिको सर्कुलर बमोजिम हालसम्म जिल्लाको क्षेत्र नं १ मा रहेका तीन गाउँपालिका र गोदावरी नगरपालिका कमिटिका अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भईसकेका छन् ।
यसैबीच गोदावरी नगर कमिटिको शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट विक्रम घिमिरेको अध्यक्षतमा ७३ सदस्यीय नगर कमिटि निर्वाचित भएको छ । निर्वाचनबाट घिमिरे अध्यक्षमा निर्वाचित भएका हुन् । कुल २३२ मत खसेकोमा घिमिरेले १ सय २३ मत प्राप्त गरे भने अर्का प्रतिष्पर्धी ब्रह्मानन्द श्रेष्ठले १ सय ४ मत प्राप्त गरे । नगर कमिटिको उपाध्यक्षमा रमि प्रधानाङ्ग सर्वसम्मत चयन भएकी छिन भने सचिवमा अर्जुन सन्जेल २ मतको अन्तरले निर्वाचित भए । सन्जेलले १ सय १२ मत ल्याए भने अर्का प्रतिष्पर्धी रामहरी केसीले १ सय १० मत प्राप्त गरे।
उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन् । थापाले १ सय २ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी गोकुल तिमल्सिनाले ४९ मत प्राप्त गरे । महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन् ।
Facebook Comments