ललितपुर । ललितपुरको ग्वार्कोमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।

३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रुपैयाँको लागतमा निर्माण गरेका हुन् ।गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालनमा आएको हो ।होटल रोयल टुलिप फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेनका रुपमा रहेको छ । फ्रान्स दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएकाले रोयल टुलिपको व्यवस्थापनसँग सम्झौता भएको शाक्यले जानकारी दिए ।

गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको शाक्यले बताए ।