काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।