
ललितपुर क्षेत्र नं २ का सांसद प्रेमबहादुर महर्जनले इमाडोल ग्याँस दुर्घटनाका पीडितको निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा वैठकको शुन्य समयमा बोल्दै सांसद महर्जनले इमाडोल सम्झनाटोलमा ग्याँस लिक भई आगलागी हुँदा घाइते भएका सरोज तण्डुकारको निःशुल्क उपचारको माग गगर्नुभएको हो ।
सांसद महर्जनले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पोखरा महोत्सव उद्घाटनका क्रममा भएको आगलागीका घटना सम्झँदै सांसद महर्जनले आफ्नो निर्वाचन क्षेत्रमा ग्याँस लिक भई दुर्घटना भएको घटनामा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोल सम्झनाटोलस्थित घरमा ग्यास लिक भइ आगलागी हुँदा ६८ वर्षका सरोज तन्दुकार घाइते हुनुभएको छ भने घरमा भएको नगद, लत्ताकपडा र खाद्यन्नसहित जलेर नष्ट भएको छ ।
Facebook Comments