
ललितपुर महानगरपालिका वित्तीय सुशासन जोखिममुक्त नगरपालिका भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को वित्तीय सुशासन जोखिम मूल्यांकनमा ९९.५ प्रतिशत अंक ल्याएको यो महानगरपालिकालाई सतप्रतिशत नतिजा ल्याएको मानिने प्रतिवेदनले जनाएको छ ।
वित्तिय सुशासन जोखिम मूल्यांकनमा योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन गरी ५ भिन्न सूचकहरुमार्फत वित्तीय जोखिम विश्लेषण गरिन्छ ।
वित्तीय जोखिम विश्लेषणमा ललितपुरका अन्य स्थानीय तहहरुमा दोश्रो वागमती गाउँपालिका रहेको छ । वागमतीमा ८८ प्रतिशत वित्तीय सुशासन रहेको देखिएको छ । यस्तै गोदावरी नगरपालिकाले ८३.५ प्रतिशत, कोञ्ज्योसोम गाउँपालिकाले ७६.५ प्रतिशत, महालक्ष्मी नगरपालिकाले ७१ प्रतिशत र महाँकाल गाउँपालिकाले सबैभन्दा कम ६०.५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
स्वमूल्यांकनका लागि सूचकहरु निर्धारण गरिदिएअनुसार स्थानीय तहहरुले आफैं स्वमूल्यांकन गर्ने भएपनि सूचकहरुको आधारमा स्थानीय तहको अवस्था अध्ययन गर्न संघीय मामिला मन्त्रालयले यो व्यवस्था गरेको हो ।
Facebook Comments