काठमाडौं । सामाजिक सञ्चालनमा विज्ञापन गर्दा अब कर लाग्ने भएको छ । यसभन्दा अघि सो क्षेत्रमा कर लाग्ने गरेको थिएन । फेसबुक, ट्वीटर र टिकटकलगायतको सञ्चालनमा विज्ञापन गर्दा कर लाग्ने भएको हो । 

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा विज्ञापन गर्दा कर लाग्ने बताएकी हुन् ।