काठमाडौं । देश अहिले चरम आर्थिक संकटसँग जुधिरहेको छ । तर नयाँ बजेट भने लोप्रियताको नाममा अझ भार थपिने गरि आउने भएको छ । सरकारले उठाउँदै आएको पेट्रोलियम पदार्थको कर घटाउनेदेखि वृद्धभत्ताको समय कम गर्नेसम्म योजन बजेटमा परको छ । 

आगामी आर्थिक वर्ष २०७९÷८० नयाँ बजेट आउन लागेको हो । जेट १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानीक व्यवस्था रहेको छ । नयाँ बजेटमा सरकारी कर्मचारीको तलब पनि वृद्धि हुने भएको छ । सरकारले २ हजार तलब वृद्धि गर्न लागेको हो । तलब वृद्धि हुनसाथ महंगी वृद्धि सुर हुने छ । अहिले पनि अकल्पनिय मूल्य वृद्धिको मारमा जनता रहेका छन् । भने तलब वृद्धिपछि अझ थपिने छ । 

गठबन्धन सरकारले आफुले स्थानीय निर्वाचमा जिते ६५ वर्षमा नै वृद्धभत्ता दिने बताएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले विराटनगरको चुनावी सभामा बोल्दै आफ्नो पार्टी पुनः निर्वाचनमा जितेर ६५ वर्ष पुगेका सबैलाई वृद्धभत्ता दिने घोषणा गरेका थिए ।  अहिले ७० वर्षमा वृद्धहरुलाई प्रतिमहिना ४ हजार प्रधान गरिदै आएको छ । अब ७० वर्षबाट घटाएर ६५ वर्षमा झार्ने तयारी रहेको छ । 

एमाले सरकारका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले २०५२ सालदेखि वृद्धभत्ता सुरु गरेका थिए । 

तर अहिले वृद्धभत्ताको समय घटाउँदा देशको अर्थतन्त्रमा भने भार थपिने अवस्था आउने छ । सरकारले वृद्धभत्ताको ७० वर्षबाट ६५ वर्षमा झार्दा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने छ । 

आयकरको सीमा पनि ६ लाखसम्म पुग्ने भएको छ । यस वर्षमा ६ लाखसम्म कमाउने व्यक्तिलाई आयकरमा बजेट मार्फत छुट दिने तयारी भएको हो । हाल एकल व्यक्तिलाई ४ लाख र विवाहीतलाई ४ लाख ५० हजारसम्म कर छुटको व्यवस्था छ ।