काठमाडौं । सरकारी लगानी रहेको ४४ संस्थानमध्ये २४ वटा संस्थानको नाफा कमाएका छन् ।  १९ वटा संस्थान घाटामा गएको छ । 

४४ संस्थान मध्ये सबैभन्दा बढी नाफा गर्ने संस्थानहरुमा पहिलो नम्बरमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । सो कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रा नम्बरमा नेपाल विद्युत प्रधिकरण रहेको छ । प्राधिकरणले गत आवमा ६ अर्ब ९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।