काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय कारमा पुनः अन्तःशुल्क लगाउने भनेका छन।

आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत अर्थमन्त्री शर्माले विद्युतीय कारमा अन्तःशुल्क लगाएका हुन्। विगतमा युजराज खतिवडाले लगाएको अन्त:शुल्क विष्णु पौडेल हटाएका थिए, अर्थमन्त्री शर्माले पुनः लगाएका छन्। शर्माले १०० किलोवाटसम्म अन्तशुल्क लगाएका छैनन्। १० किलोवाटमाथि भने अन्त:शुल्क लगाएका छन्।मोटर पिक पावर १०० किलोवाटदेखि २ सय सम्म ३० प्रतिशत,२०० देखि ३ किलाेवाटसम्म ४५ प्रतिशत,३ सयभन्दा माथि ६० प्रतिशत अन्त:शुल्क लगाएका हुन्।