काठमाडौं । दुई दिन सार्वजनिक बिदा दिने निर्णयबाट सरकार पछि हटेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।