काठमाडौं । हालै नेपालमा कोका–कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण शुरु गरेको छ । यो वर्ष क्याम्पेनको ट्यागलाइन ‘कोक उठाउँ, आफुलाई जगाउँ’ रहेको छ । जसले ‘कोक पिउनुहोस् र आफुलाई रिफ्रेस गराउनुहोस्’ भन्ने सन्देश दिन्छ । यो क्याम्पेनको उद्धेश्य उपभोक्ताहरुलाई दिँउसोको अल्छि लाग्दो समयलाई एक बोतल चिसो कोकको साथमा रमाइलो र रिफ्रेशिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु हो ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामीले यो क्याम्पेन मार्फत हाम्रा उपभोक्ताहरूलाई वहाँहरु जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका–कोलाको साथले उहाँहरुलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौं ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश यो क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबै जनालाई दिँउसोको समय अल्छि लाग्दो लाग्छ । तर त्यो पट्यार लाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्ताहरुलाई स्फुर्ती प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’

कोका–कोलाले यो क्याम्पेनभरि कोक पारखीहरुका लागि थुप्रै सरप्राइजहरु तयार पारेको छ । बजारमा उपभोक्ताहरूको माग अनुसार कोका–कोलाको विभिन्न साइज र बोतलहरूमा उपलब्ध छन् । जसमा (१७५ एमएल र २५० एमएलका ग्लास बोतल) र २५० एमएल , ५०० एमएल, १ लिटर, १.५ लिटर, २.२५ लिटरका पेट बोतलहरू रहेका छन् । त्यसैगरी बजारमा कोका–कोला जेरो सुगर पनि उपलब्ध छ ।