काठमाडौं । गृह मन्त्रालयले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ। असार ८ मा सबेको बढुवा समितिको निर्णयअनुसार उनीहरुलाई बढुवा सिफारिस गरिएको हो। 

त्यसमध्ये वसन्तबहादुर कुँवर एक नम्बरमा डिआइजी सिफारिस भएका छन्। अन्यमा टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन्।