
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पेट्रोलिय पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँ काम गर्ने आइडिया दिएका छन् । उनले ३० रुपैयाँ मूल्य घटाएर पेट्रोल १८५ र डिजेल १७७ प्रतिलिटरमा झार्ने योजना सामाजिक सञ्जालमा लेखेका छन् ।
एकैपटक डिजेल २७ रुपैयाँ मूल्य वृद्धि भएर १९२ र पेट्रोल २१ रुपैयाले मूल्य वृद्धि भएर १९९ प्रतिलिटर मूल्य पुगेको बेला पुनले एकैपटक ३० रुपैयाँ मूल्य घटाउने योजन बताएका हुन् ।
यस्तो छ उनलको मूल्य घटाउने योजना
यदि म प्रधानमन्त्री भएको भए पेट्रोलियम पदार्थको मुल्य यसरी मिलाउने थिएँ – पेट्रोलियम पदार्थको आयातमा लाग्ने सरकारी राजश्व र मुल्य अभिवृद्धी कर (मु.अ कर) मा प्रति लिटर ३० रुपैया घटाएर प्रति लिटर पेटोलको मल्य रु. १८५ र डिजेलको मूल्य रु १७७ बनाउने थिएँ । यसो गर्दा आयल निगमलाइ पेटोलमा प्रति लिटर रु २=४२ र डिजेलमा रु १=०५ रुपैंया नाफा हुने थियो । अनि आयल निगम पनि डुब्ने थिएन । यसलाई नेपालीमा सर्प पनि नमर्ने र लठी पनि नभाँचिने भन्छन । राजश्व र मु.अ. कर बाहेक अरु मुल्य केहि बदलेको छैन यस्तो प्रावधान अहिले संसारमा युक्रेन र रुसको लडाईले गर्दा भएको मुल्य वृद्धि नरोकिदासम्म लागु गरिनेछ । बिश्व बजारमा पेट्रोलियमको भाउ सामान्य नहुन्जेलसम्म यसरी नै मुल्य समायोजन गरिने छ ।
किन भने बिश्व बजारको मुल्य हामीले घटाउन सक्दैनौं । हामीले घटाउन सक्ने भनेको पेट्रोलियम पदार्थमा लाग्ने राजश्व र कर मात्र हो । यसो गर्दा जनताले थोरै भए पनि राहत पाउँने छन् र नेपाल आयल निगम पनि डुब्ने छैन ।
Facebook Comments