काठमाडौं । उद्योग मन्त्री दिलेन्द्र बडूले अविष्कार केन्द्रको अबलोकन गरेका छन् । चोभार सुख्खा बन्दरगाहबाट फर्किदा मन्त्रीले आविष्कार केन्द्रको समेत अवलोकन गरेका थिए । आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको समाजको आवश्यकतानुरुप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने मन्त्रीले प्रतिबद्धता गरेका छन् ।

आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले पहिलो पटक बहालवाला मन्त्री आफै आविष्कार केन्द्रमा आएर हौसला प्रदान गरेकोमा धन्यवाद दिएका छन् । सरकारले विकास बजेटको कूल अंशमध्ये १ प्रतिशत रकम आविष्कारको क्षेत्रमा छुट्याएर काम गर्ने वातावरण बनाउनुपर्ने र त्यसका लागि ठोस पहल गर्नसमेत मन्त्रीलाई आग्रह गरे ।