काठमाडौं । आज सेयर बजारमा उछाल छाएको छ । ६ वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालयन पावर, अपर तामाकोशी, सान्जेन जलविद्युत, साल्ट ट्रेडिङ कर्पोरेशन, नेष्डो समृद्ध लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

आज सेयर बजार ५७.६१ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २०८६.३८ अंकमा पुगेको हो ।

२ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सयभन्दा धेरैको सेयर कारोबार भएको छ । २ सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता सेयर खरिदविक्री भएको छ । 

न्यादी गु्रपको आज सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको २२ करोड २८ लाखको सेयर कारोबा भएको हो ।