काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले असार १५ गतेदेखि आज १९ गतेसम्म निष्काशन खुला गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँट भएको हो ।
आईपीओ १ लाख ८३ हजार ४५ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ताका दरले पाएका छन् । कम्पनीले निष्काशन गरेको आईपीओमा १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन परेको थियो । १ करोड ७७ लाख ३४ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।
कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर निष्काशन गरेको हो । जस मध्ये ९८ हजार ४ सय १३ कित्ता सामुहिक लगानी कोष र ३९ हजार ३ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
Facebook Comments