काठमाडौं । आज सेयर बजार ११.६८ अंकले वृद्धि हुँदा नेप्से परिसूचक १९२७.२८ अंकमा पुगेको छ ।
१ अर्ब ७० करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ । २ सय २६ वटा कम्पनीका ४९ लाख ६७ हजार ५ सय ६१ कित्ता सेयर आज कारोबार भएको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर ९.३५ प्रतिशत सेयर मूल्य वृद्धि छ । यो नै आजको सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको कम्पनी हो । अरुण काबेली पावर लिमिटेडको ७ करोड ९५ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो ।
Facebook Comments