काठमाडौं । साउन महिनामा ब्याजदर वृद्धि नहुने भएको छ । नेपाल बैंकर्स संघले साउन महिनामा ब्याजदर नबढाउने निर्णय गरेको हो । ब्याजदर वृद्धि हुँदा सेयर बजारमा नकारात्क असर पर्ने सम्भावन धेरै हुन्छ । तर आगामी महिना ब्याजदर वृद्धि नहुदा सेयर बजारलाई भने राहत हुने देखिन्छ । 

बैकर्स संघले मौद्रिक नीति आउने क्रममा रहेकाले साउन महिनामा नयाँ ब्याजदर कायम नगर्ने भउको हो । यो महिना लागू भएको ब्याजदर नै आगामी महिना पनि लागू हुने भएको हो । 

अहिले वाणिज्य बैंकहरुले एकवर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने गरेका छन् ।

संस्थागत तर्फ १०.०३ प्रतिशत ब्याजदर बैंकहरुले दिन्छन् । जसमा संस्थागत तर्फ रिन्यूमा ०.१० प्रतिशत बिन्दुले ब्याजदर बढाउन पाइन्छ ।