काठमाडौं । नेपाली युवा व्यबसायी बिबेक सुवेदी सहितको लगानीमा भारतमा फेलिसिटियस अनलाइन गेमिङ कम्पनीको सुरुवात भएको छ।

नेपालमै विभिन्न ब्यवसाय संचालन गर्दै आएका युवा ब्यबसायी बिकेक सुबेदीले भारतमा आफ्नो योजना र संयुक्त लगानीमा फेलिसिटियस अनलाइन गेमिङ कम्पनीको सुरुवात गरेका छन।सारा दुनियाँ डिजिटल युगमा प्रवेश गरि सकेको आजको समयमा भारतका युवाको कला र क्षमता समेत प्रदर्शित गर्ने उद्देश्य सहित स्थापित उक्त कम्पनीको आज एक कार्यक्रमका बिच सार्बजनिक गरिएको छ।

अबको केही समयमै सुरु हुन लागि रहेको उक्त गेमिङ कम्पनीको बारेमा ब्यवसायी बिकेक सुवेदी र उनका भारतकै संयुक्त लगानीकर्ता शैलेन्द्र झाले भारतको मुम्बईमा एक कार्यक्रम आयोजना गरेर आफ्नो योजना र कम्पनीको उद्देश्यमाथि प्रकाश पारेका थिए। निकट भबिष्यमा भारतको ठूलो कम्पनी बन्ने र पब्लिक सेयर समेत खुल्ला गर्न लागिएको उक्त कम्पनिका योजनाकार तथा संस्थापक बिवेक सुबेदीले अर्थसमयलाई बताए।नेपाली युबाले पनि बिदेशी भुमीमा गएर नयाँ योजना र कम्पनीको सुरुवात गर्न सक्छन भन्ने कुराको उदाहरण बनेका छन सुबेदी।