काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सरकारी जग्गामा बनाएका संरचना तत्काल नहटाउन नपर्ने भनेपछि काठमाडौंका मेयर बालेन्द्र साह आक्रोशित देखिएका छन् ।

बालेनले फेसबुकमा स्ट्याटस लेख्दै नक्सा पास नगरी बनाइएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार नै सर्वोच्चलाई दिनुपर्ने बताएका छन् ।

‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ,’ साहले फेसबुकमा लेखेका छन् ।