काठमाडौं । बीमा विधेयक बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने छ । त्यसपछि मात्रै लागू हुने छ ।


बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा रुपान्तरण हुने छ । यस्तै, बीमा कम्पनीमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत ९सिईओ०को योग्यताको विषयमा समेत सम्बोधन गरेको पाइन्छ । विद्येयकले सिइओको योग्यता बीमा, व्यस्थापन तथा अर्थशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरेको हुनु पर्ने कुरामा जोड दिएको छ ।