ओखलढुंगा । ओखलढुंगा सदरमुकामको हुलाकडाँडा देखि श्रष्टा पार्कसम्म झोलुङ्गे पुल बन्ने भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि पुल बनाउने भएको हो ।

सिद्धिचरण नगरपालिकाका नगरप्रमुख तेजेन्द्र खनालले सदरमुकामको पर्यटन प्रवद्र्धनका लागि हुलाकडाँडा देखि श्रष्टा पार्कसम्म झोलुङ्गे पुल बनाउने निर्णय भएको बताए  ।

नगर कार्यापालिकाको बैठक बसेर यसबारे निर्णय भइसकेको बताउदै उनले प्राविधिक टोलीले केहि दिनमा सम्भाव्यता अध्ययन गर्ने जानकारी दिएका छन् । प्राविधिक रुपमा बन्ने सम्भावना देखिएमा चाँडै काम सुरु गर्ने योजना रहेको मेयर खनालको भनाई छ ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत र नागरिकका न्युनतम् आवस्यकतालाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजना पनि सम्पन्न गर्ने लक्ष राखेको उनले बताए  ।

पर्यटन प्रवद्र्धनका लागि पनि नगरपालिकाले विभिन्न योजना सहित काम अघि बढाएको मेयर खनालको बताएका छन् ।