नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८८ अंकले बढेको हो । २.७८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०६५.८९ अंकमा उक्लिएको छ ।

 

आज २१५ कम्पनीका ६० लाख २६ हजार १ सय ९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय १२ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिप्रपोज फाइनान्स र राधी विद्युत कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ भने अरु १० कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड २ लाख ५२ हजार ३ सय ६७.१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।