काठमाडौं । पछिल्लो केही दिनदेखि सहकारी नै व्यपत्ता भायो र सहकारीले पैसा दिएर भनेर अर्थसमयलाई दिन प्रतिदिन गुनासो आइरहेको छ । बचतकर्ताको पैसा खाएर भाग्ने सहकारीको विगविगी नै छ । सबै प्रदेशको सहकारीहरु प्रत्यक दिन जस्तो भागिरहेका छन् । 

वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया बहि पुलस्थित रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपैया लिएर फरार भएको छ । संस्थाका अध्यक्ष मुन्ना पटेल लगायत संस्थाका पदाधिकारीहरुले करिब १ करोड रुपैँयाभन्दा बढी रकम लिएर फरार भएको बचतकर्ताले बताएका छन् ।

संस्थाका संचालक समितिका सम्पूर्ण पदाधिकारीहरु पनि सम्पर्कमा छैनन्, स्थानिय बचतकर्ता अलि हुसैनले भने, ‘संस्थाका अध्यक्ष पटेल लगायत अन्य पदाधिकारीहरु विगत ६ दिनदेखि सम्पर्कविहिन रहेका छन् ।’

वीरगंजमा हाल आधादर्जन भन्दा बढी सहकारी संस्थाहरुले सर्वसाधारणको करोडौ रुपँैया लिएर फरार भएपनि एक दुई जना बाहेकलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।