काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयात रोकेपछि विद्युतीय गाडीको आयात वृद्धि भएको छ । भने मोटरसाइकल आयात भने वृद्धि भएको छ । सरकारले १५० सीसीसम्मका बाइक आयात गर्न दिरहेको छ ।

चालू आवको पहिलो महिनामा नै २११ वटा विद्युतीय गाडी भित्रिएका छन् । अघिल्लो वर्षको साउनमा १०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो ।

चालू आवको पहिलो महिनामा मोटरसाइकलको आयात पनि घटेको छ । पहिलो महिनामा १८ हजार ७ सय २४ मोटरसाइकल तथा स्कुटर आयात भएका छन् ।

अघिल्लो आवको सोही अवधिमा ३० हजार ८ सय २१ वटा मोटरसाइकल तथा स्कुटर आयात भएको थियो ।