ओखलढुंगा । वर्षौ देखि अस्थाई ! भन्दा अचम्म लाग्छ तर ओखलढुंगाका सरकारी बिद्यालयका  बिद्यालय सहयोगी ४५ वर्ष देखि अस्थाायी नै रहेका छन् । जिल्लाका अधिकाँश विद्यालयका विद्यालय सहयोगी वर्षौ देखी अस्थायी नै रहेका हुन ।

लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङटारमा रहेको ग्रामोदय युगकवि सिद्धिचरण मावि तथा फूलारीको घोराखोरीमा रहेको ज्ञानप्रकाश माविमा हरेका दुई विद्यालय सहयोगी ४५ वर्ष देखि बिद्यालयमा सेवा गरी रहेका छन् । अन्य र्कचारीहरु अस्थायी  भएकै कारण  बिभिन्न चरणका आन्दोलन गरेर परिक्षा मार्फत स्थायी भए तर उनिहरुका कुरा कसैले सुनेन् । अस्थायी शिक्षकले विभिन्न चरणमा आन्दोलन गरे उनिहरु पनि स्थायी भए । तर सरकारी विद्यालयमा वर्षौ देखी कार्यरत विद्यालय सहयोगी भने आज पनि अस्थायीकै रुपमा सेवा गर्न बाध्य रहेका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका–६ गाम्नाङटारको श्री ग्रामोदय युगकवि सिद्धिचरण माविमा र्कारत अम्वरबहादुर भुजेल ०४१ सालदेखि र ज्ञान प्रकाश मावि घोाखोरीमा बिद्यालय सहयोगी तिलक खड्का २०३५  साल मंसिर देखी बिद्यालय सहयोगीका रुपमा अनवरत अस्थायीकै रुपमा सेवा गरि    रहेका छन्  ।

२०२० सालमा आँफु जन्मिदै स्थापना भएको विद्यालयमा आफू भन्दापछि नियुक्ति लिएर आएका दर्जनौं अस्थायी शिक्षक स्थायी भएर गईसके तर आफू निरन्तर अस्थायी नै सेवा गरिरहेको अम्वर भजेलले बताए । जीवनको उर्जाशिल समयमा विद्यालय सहयोगीको रुपमा सेवा गरेपनि अब बुढ्यौली लागेपछि बिना पेन्सन घर फर्कनु पर्ने त्रासमा छन् उनी ।

२०४१ सालमा विद्यालय सहयोगीको नियुक्ती पाएका भुजेलले अहिलेसम्म हरेक दिन विद्यार्थी र शिक्षकको सेवा नै गरिरहेका छन् । उनले आफ्नो पालाभरी हालसम्म ९ जना भन्दा बढि त प्रधानाध्यापक नै पाईसके भने शिक्षक त कति कति आफैलाई सम्झना नै नभएको  बतउँछन् । ५८ वर्ष उमेर पुगिसकेका भुजेल अब बढिमा एक वर्षसम्म मात्र सेवा गर्न सक्ने सरकारी प्रावधान रहको छ ।

अस्थायी शिक्षकहरुले स्थायी बन्न पटक पटक आन्दोलन गरेपनि आफू जस्ता सहयोगीहरु कसरी स्थायी बन्ने भन्ने प्रक्रिया नै थाहा नभएको घाराखोरीका तिलक खड्काले बताए । कसैले पनि आन्दोलन गर्न नवोलाउने भएको हुँदा आफुहरुलाई स्थायी कसरी बन्ने भन्ने कुरा नै थाहा नभएको उनको भनाइ छ ।

आफुसंग चक  मागेर लेखेको स्मरण गर्दे बिद्यालयका ज्ञान प्रकास मावि घोराखारीका प्रअ काँशिराम कार्कीले तेतिबेला हामी उहाँ संग चक मागेर साना कक्षाहरुमा पढाउथ्यौ हामी स्थायी भई कन पेन्सन हुने बेला भयो तर उहाँ अझै अस्थायी रहँदा आफुलाई दःख लागेको बताए ।  राज्यले विद्यालय सहयोगीहरुको लागि केही सोच्नु पर्ने हो तर हामीले भनेर नहुने, शिक्षकहरुका हरेक आनदोलनहरुमा विद्यालय सहयोगीका कुरा उठ्ने गरे पनि आज सम्म सुनुवाई नभएको कार्कीको भनाई छ ।

ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका पूर्व प्रधान अध्यापक भुवन कुमार रोकाले सहयोगी भुजेलले ३७ वर्ष देखी कुनै दिन नबिराई विद्यालयमा सहयोगीको भुमिका निभाएको भन्दै उहाँ जस्ता विद्यालय सहयोगीहरुलाई पनि राज्यले स्थायी नियुक्ती दिईनु पर्ने बताए । नियुक्ती भएपछि अहिलेसम्म कुनै पनि दिन उनले विद्यालयको सेवा गर्न छोडका छैनन्  ।

भुजेलका विषयमा आफुहरु चिन्तत रहेकाे भए पनि बिद्यलयकाे तर्फबाट आफुहरुले केही गर्न सकिने ठाउँ नै नभएकाे वर्तमान प्रअ नेत्रकुमारी पाैडेलकाे भनाइ छ । आफु यही विद्यालयमा कखरा सिक्दा आफ्नाे स्याहार गर्ने भुजेलकाे अवस्था उस्तै रहे पनि उहाँले दर्जनाै  शिक्षक र प्रअकाे का र्यकाल  काम गरी रहनु भएकाे छ तर  हामीले उहाँलाइ गर्न सक्ने केही नरहेकाे भए पनि यस्ता करमचारीहरुकाे विषयमा राज्यले साेच्नु पर्ने पाैडेलले बताइन् ।

२०४१ सालमा भुजेललाई विद्यालय सहयोगीमा नियुक्ती दिएको तत्कालिन प्रअ लोककृष्ण भट्टराईले बताए । हाल नेपाली राजनितीलाई नजिकबाट नियाली रहेका तत्कालिन प्रअ भट्टराईले उनलार्ई आफुले ०४१ भदौमा नियुक्ति दिएपनि हालसम्म स्थायी हुन नसक्दा निकै दुःख लागेको बताए । उहाँहरु जस्ताको विषयमा शिक्षक आन्दोदलनमा आफुहरुले कुरा उठाए पनि आज सम्म्म कुनै कुरा सुुनुवाई नभएको उहाँको भ ट्टराईको भनाई छ ।  भ ट्टराईले शिक्षा मन्त्रिलाइ ईङ्गीत गर्दै नेपाल सरकारको शिक्षा मन्त्रालयमा हिजोको समया बुझेका मान्छे आएपनि केही गर्न नसकेको बताए । 

लिखु गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष टिका राम  मगर बर्षाैदेखी सेवा गरिरहेका विद्यालय सहयोगीहरुलाई पनि प्रक्रिया पुर्याएर राज्यले स्थायी गराउनु पर्ने बताउँछन् । अन्य क्षेत्रका सबै स्थायी भईसक्दा विद्यालय सहयोगी भने बर्षाैदेखी अस्थायी नै छन्, यो सरकारी कर्मचारी माथिको विभेद भएका कारण उनीहरु जस्तालाई राज्यले स्थायी गर्नु पर्ने उनको भनाई छ ।

भुजेल अनि खड्का दुबै जनाले अहिले मासिक ७ हजार पाँच सय तलब पाउँछन् । यो तलब पनि सरकारी स्केल अनुसार नभएको उनीहरुले गुनासो गरे । ओखलढुंगाका यी दई बिद्यालयका बिद्यालय सहयोगी प्रतिनिधि पात्र मात्र हुन देशभर दर्जनौ बिद्यालयको अवस्था यस्तै रहेको छ ।  प्राय सबै बिद्यालयमा कम्तिमा १० वर्ष  देखी कार्यरत बिद्यालय सहयोगीहरु काम गरीरहेको अवस्था छ ।

निजी क्षेत्रलाई राज्यले तोकेको न्युनतम पारीश्रमिक दिनलाई वलजफत गरी रहेको अवस्थामा राज्यले न्युनतम पारीश्रमिक समेत नदिई उनिहरुको  श्रम शोषण गरी रहेको शैक्षिक अगुवाहरु वताउँछन् ।