काठमाडौं । आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन्। शुक्रबार राजपुतले करिश्मालाई भेटी आफ्नो छोरालाई किनिदिएको चश्मासहित पैसा फिर्ता गरेकी हुन्।

गत असारमा निहारिकालाई करिश्माले २० हजार रुपैयाँ सहयोग दिएकी थिइन्। तर, करिश्माले निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएपछि आफ्नो गोपनियता उल्लंघन र चरित्र हत्या गरेको भन्दै उनी आक्रोशित थिइन्।

‘मैले २१ हजार पैसा,छोरालाई किनिदिएको चस्मा फर्काएको छु,’उनले भनिन्। उनले आफ्ना गोप्य तस्वीर सार्वजनिक गरिदिएको बारे थप कानुनी प्रकृयामा जाने बताइन्।