काठमाडौं । पहिलेदेखि रोकिएर बसेको कोरोना बीमाको रकम अर्को साता पाइने  भएको छ । आज बीमा समितिले कोरोना बीमाको पैसा अर्को साता पाइने बताएको छ ।

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालल भने, ‘कोरोना बीमाको पैसा अर्को हाप्ता भित्र आउन सक्ने सम्भावना बढी छ । हामीले अर्थमन्त्रालयलाई कोरोना बीमाको पैसा तत्काल पठाउन आग्रह गरेका छौं । हालका लागि १ अर्ब पैसा पठाउन आग्रह गरेका छौं ।’

सरकारले कोरोना  बीमा वापत ११ अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ ।