काठमाडौं । सहकारीमा राखेको पैसा फिर्ता नपाएपछि बचत कर्ताले सहकारीका कर्मचारी र सञ्चालकलाई कुटपिट गर्न थालेका छन् ।

पछिल्लो समय केही सहकारी भाग्न थालेपछि बचतकर्ता आफ्नो पैसा फिर्ता लिन जादा पैसा नदिएपछि अभद्र व्यवहार र कुटपिट नै गर्न थालेका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी विभागको माग बमोजिम सम्बन्धित सहकारीले माग गरेको बेला सुरक्षा व्यवस्था मिलाइदिन भनेर गृहलाई पत्र समेत लेखेको छ ।

‘केही सहकारी संस्थसंस्थाहरुमा बचत फिर्ता तथा ऋण असुलीका क्रममा सदस्य तथा अन्य व्यक्तिहरुले संस्थाका कर्मचारी तथा सञ्चालकहरुलाई अभद्र व्यवहार तथा कुटपिट समेत गर्ने गरेको भनी सरकारी विभागबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइ दिन अनुरोध छ,’ सहकारीमा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।