काठमाडौं । सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएकाले सबै निकायलाई बेलैमा ध्यान दिनुपर्नै अवस्था आएको छ । हिजो संघीय संसद अन्तर्गतको अर्थ समितिमा भएको ‘सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागू भएका कानून र मापदण्ड र नेपालको प्रतिबद्धता लगायत विषयमा भएको छलफलमा नेपालले बेलैमा बिचार गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

वित्तीय जानकारी इकाइका प्रमुख दीर्घ रावलले बैंकिङ क्षेत्रबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएकाले सबै निकाय गम्भीर हुनुपर्ने समेत बताएका थिए ।

सन् २०२० मा सार्वजनिक राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनमा सहकारी, सेयर बजार, घर जग्गा, क्यासिनोबाट सम्पत्ति शुद्धीकरण हुनसक्ने जोखिम देखिएको थियो । 

सम्पत्ति शुद्धीकरण हुने जोखिम उच्च भएको सूचिमा विदेशी विनिमय कारोबार हुने क्षेत्र, विप्रेषण सेवा प्रदायक, हुण्डी र रियल स्टेट क्षेत्र रहेको प्रतिवेदनमा उल्लेख छ ।