काठमाडौं । सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ । आज राती १२ बजेदेखि लागू हुने गरेर नयाँ मूल्य तोकेको हो । नेपाल आयल निगमले पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

यसभन्दा अघि ३ पटक मूल्य घटेर आएकोमा यो पटक भने मूल्य बढेर आएको हो । ३ पटक घटेर आएपनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन । तर एक पटक मूल्य वृद्धि हुनसाथ निगमले मूल्य वृद्धि गरको हो ।

भारतीय आयल कर्पोरेसनले आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आज पठाएको हो । भारतीय आयल कर्पोरेसनले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची आयाल निगमलाई पठाउने गरेको छ । सेप्टेम्बर १ अर्थात आजबाट लागू हुने गरेर नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्इ अनुसार डिजेलको १७८ रुपैयाँ तथा मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । यसभन्दा अभि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ थियो ।

निगमले डिजेर र मट्टितेल बाहेको मूल्य वृद्धि गरेको छैन ।