काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गरेर कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले प्रशासन र प्राविधिक सेवातर्फ ४३ जना कर्मचारी मागेको हो । खुला प्रतियोगिताबाट सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिक तर्फसहायक निर्देशक (अधिकृत तृतिय) र सहायक अधिकृत द्धितिय पदमा कर्मचारी भर्ना लागेको हो ।

राष्ट्र बैंकले प्रशासनतर्फ सहायक निर्देशक पदमा १८ जनाका लागि दरखास्त आह्वान गरेको छ । यसैगरी प्राविधिकतर्फ सूचना प्रविधिमा १ सहायक निर्देशक पदमा, प्रशासनतर्फ सहायक द्धितिय पदमा २४ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

इच्छुक योग्य उम्मेदवारले  अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदन असोज ६ गतेसम्म दिन सकिनेछ ।