काठमाडौं । सांग्रिला बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुयोग श्रेष्ठ  नै दोहोरिएका छन् । २०७९ भदै ५ बसेको संचालक समितिको २९८ औं वैठकले श्रेष्ठलाई पुनः दोहोराउने निर्णय गरेको थियो । 

 

हिजोबाट पुनः थप ४ वर्षका लागि श्रेष्ठले नयाँ कार्यकालको शुभआरम्भ गरेका हुन् । बैंकको देशभर ११२ शाखा कार्यालयहरु, ३१ एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।