काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा परेको छ । स्रोतका अनुसार १७ वर्षया केटीले सन्दीपले जवर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएको स्रोतले बतायो ।

जाहेरीअनुसार ती किशोरी र सन्दीप बीच सामाजिक सञ्जाल स्न्यापच्याट चिन्जान भएको बताइएको छ । स्न्यापच्याटमा कुराकानी गर्ने क्रममा सन्दीपले भेट्ने प्रस्ताव गरेका थिए ।

भदौ ५ गते साँझ ६ बजे किशोरी सन्दिप बीच भेट भएको थियो । भेटपछि नगरकोट घुम्न गएको र त्यहाँबाट फर्केर आएपछि राति ११ बजे काठमाडौंको कुनै होटलमा सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको हो ।