काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएपछि नेपालमा प्रतिकेजी २० रुपैयाँ मूल्य वृद्धि हुने भएको हो । नेपालले भारतबाट चामाल आयत गर्ने गरेको छ । अब भारतबाट आयात हुने चामलको मूल्य वृद्धि हुने भएको हो ।

भारतबाट अब नेपालले चामल आयात गर्दा २० प्रतिशत भारतलाई कर तिर्नु पर्ने छ । जसका कारण नेपाली बजारमा चामलको मूल्य बढ्ने छ । भारत सरकारले बासमतीबाहेकको अन्य चामल निर्यातमा भारतले १ सयभन्दा धेरै देशका चामल निर्यात गर्दै आएको छ ।

भारत सरकारले आपूर्तिलाई सहज बनाउन भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

यस अघि पनि भारतले गहुँ, गहुँ बाट बन्ने बस्तु र चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।