काठमाडौं । आम निर्वाचन नजिकिदै गएका बेला सरकारले व्यापारीलाई खुसी पार्न सुपारी, केराउ र मरिचको आयात खोलिदिएको छन् ।

गत सोमबार राजपत्रमा प्रकाशित गर्दै सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । सरकारले राजपत्रमा सूचना निकालेर २०७६ चैत २४ गते उल्लेखित तीन वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार एचएसकोड ०७१३.१०.०० (केराउ), एचएसकोड ०८०२.८०.०० र एचएसकोड ०९०४.११.३० (कालोमरिच) को आयात गर्न अनुमति दिने निर्णय सरकारले गरेको हो ।

उत्पादनमुलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ रुपमा मात्रै सो बस्तुको आयात खुल्ला गरिएको हो । तर औद्योगिक प्रयोजन भनेर व्यापारीक प्रयोजनका लागि समेत आउने गरेको छ ।