काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीसँग नेपाल सरकारसँग झुकेको छ । आज उद्योग मन्त्री नै सहभागी भएर ३ बुँदे सहमति गरेर २० प्रतिशत भाडा वृद्धि गर्ने सहमति गराएर ढुवानी व्यवसायीले आफ्नो आन्दोलन फिर्ता लिएका हुन् ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायीका अध्यक्ष खगेश्वर बोहोरा नेपाली काँग्रेसका उद्योग तथा आपूर्ति समितिका उपसभापति छन् । भने महासचिव विश्व अर्याल धादिङमा भुमि त्रिपाटीसँग यसभन्दा अघिको संघिय संसदमा हारहेका व्यक्ति हुन् । दुबै जना काँग्रेस निकट भएकाले पनि प्रधानमन्त्री शेरबहादुर देउवादेखि उद्योग मन्त्री दिलेन्द्र बडू समेत भाडा बढाउन लागि परेका थिए ।

नेपाल आयाल निगमलाई २० प्रतिशत भाडा वृद्धि गर्दा मासिक ५ करोड घाटा हुन जान्छ । निगमको मासिक घाटा २ अर्वभन्दा धेरै छ । तर, पार्टीका मान्छेले भनेकाले निगमको घाटाको कुनै मतलब नगरी २० प्रतिशत भाडा ७ दिन भित्र वृद्धि गर्न उद्योग मन्त्री नै सहभागी भएर सहमति गरेका हुन् । उनले पहिले नै अध्यक्ष र महासचिवलाई आफु मन्त्री भएको बेला नै भाडा वृद्धि गर्ने भनेर बोलेका थिए । 

यस्तो छ ३ बुँदे सहमति

१. नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि
तथा समायोजनका लागि पेश भएका मागका विषयमा व्यवसायीका माग अनुरुपको भाडा वृद्धि सम्बन्धि सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गते सम्ममा निर्णय गरी लागू गर्ने सहमती गरियो ।

२. नेपाल पेट्रोलियम टैंकर चालक संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राखेका मागका सम्बन्धमा महासंघको प्रतिनिधि सहित सम्बन्धित संघ तथा संगठनको प्रतिनिधीहरूको उपस्थितिमा आवश्यक छलफल गरी शिघ्र उचित सम्बोधन गर्ने ।

३. आज भएको सहमति र आउँदै गरेको नेपालीहरूको महान चाडपर्वहरूका कारण आमजनताको आवागमनलाई ध्यानमा राखि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सञ्चालन गरेका आन्दोलनका कार्यक्रमहरू हाललाई स्थगित गरी आजैको मितिबाट आपूर्ति सहज गर्न ढुवानी सेवा सुचारु गर्ने ।