काठमाडौं । आईपीटी र आईपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने क्रममा नेपाल टेलिकमका नयाँ प्रवन्ध निर्देशक सुनिल पौडेलले चलखेल गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

पौडेल आएदेखि नै अनुचित चलखेलहरु भैरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

 

‘उजुरी उपर छानबिन प्रक्रिया प्रारम्भ हुनुपूर्व नै फेरि नयाँ अनुचित भ्रष्टाचारजन्य कार्यको अर्को शृंखला सुरु भैसकेको हुन्छ । तुरुन्त छानबिन प्रक्रिया सुरु गरिदिनु भै एक अर्को अनुचित कार्य हुनबाट रोक्न सहयोग पुग्ने थियो’, उजुरीमा भनिएको छ ।

टेलिकमका सम्पूर्ण कर्मचारीहरुको नामबाट दिइएको उजुरीः