काठमाडौं । नेपालीहरुको महान चाड दशैंको उपलक्ष्मा निम्बस बजारले आफ्नो किराना डेलिभरी दशैं भरी अफरको घोषणा गरेको छ ।  किरानावस्तु किनमेलका लागि अन्लाईन केन्द्र निम्बस बजारले आफ्नो किराना डेलिभरी दशैं भरी अफरको घोषणा गरेको हो ।

दशैँको जीवन्त मनोभावलाई कायम राख्ने उद्देश्यका साथ ब्रान्डको सुलभ किनमेल सुविधा प्रदान गर्ने प्राथमिकता र नवीन दृष्टिकोण यस अफर द्वारा स्पष्ट पारिएको निम्बस बजारले जनाएको छ ।

निम्बस बजारको वेबसाईट, पुल्चोक र सुनाकोठी स्थित पसल दशैँ भरी खुल्ला रहने बताइएको छ । ग्राहकको सन्तुष्टिका लागि भनेर यहाँको डेलिभरी सेवा काठमाडौं उपत्यकामा हरदिन सुचारु रहने निम्बस बजारले जनाएको छ ।

यस अफरमा उत्पादनहरुमा दिइने थप भारी छुटले ग्राहकहरुको चाडपर्व र उत्सवको भावनालाई अझै बढावा दिने र ग्राहकहरुले दशैँको अलमल बेला पनि सुविस्ताका साथ सुपथ मूल्यमा दैनिक तथा अत्यावश्यक खाद्यवस्तु र सामाग्री  घरमै आरामले बसी बसी किन्न सक्ने जनाइएको छ ।

यो ग्राहक केन्द्रित अफर दशैँको उत्साह र एकताको भावना प्रति समर्पित  रहेको र  ग्राहकहरुको दैनिक तथा अत्यावश्यक खाद्यवस्तु र समाग्रीको किनमेलको जिम्मा निम्बस बजारले लिएर सबैलाई भव्य रुपमा दशैँ मनाउन प्रोसाहित गर्न  प्रतिबद्ध रहेको जनाएको  छ ।