
काठमाडौं । सर्वोच्च अदालतले लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य गर्नुको कारण १५ दिनभित्र पेश गर्न भनेको छ । सो कारण पेश गर्न नेपाल सरकार र बीमा समितिको नाममा आदेश जारी भएको हो ।
लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दीपक बरालले दायर गरेको रिटमाथि आज सुनुवाई गर्दै न्यायाधिश टंक बहादुर मोक्तानको इजलाशले अर्थमन्त्रालय,कानुन मन्त्रालय बीमा समितिको लगायतका निकायलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।
न्यायाधिश मोक्तानको इजलाशले निवेदकको माग बमोजिम बीमा समितिले बीमा ऐनमा कही कतै नभएको लघुबीमा भन्ने सार्वजनिक सेवा प्रदायक संस्था दर्ता गर्ने कार्य गैर कानुनी रहेकोले खारेज गर्न माग दावी रिट परेको थियो । निवेदनमाथि गरिएको छ ।
Facebook Comments