काठमाडौं । नेपाल उद्योेग वाणिज्य महासङघ (एफएनसीसीआई) ले ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बैंकले व्याज वृद्धि गर्दा देशको अर्थतन्त्र नै समस्यामा जोन अवस्था आएको भन्दै तत्काल नै फिर्ता लिन महासंघले आग्रह गरेको हो ।

बैंकहरुले असोज १ गतेदेखि ब्याजदर बढाउने निर्णय गरेका थिए । ब्याजदर वृद्धिको निर्णयले अर्थतन्त्रमा थप सङ्कुचन ल्याई राजश्वमा समेत २० प्रतिशत गिरावट आएको पनि महासङ्घको बताएको छ ।

महासङघले ब्याजदर वृद्धिको निर्णय फिर्ता गराउन सरकारले हस्तक्षेप गर्नु पर्नेमा जोड दिएको छ । ब्याजदर वृद्धिले घरेलुु तथा साना उध्योग बन्द हुने अवस्थामा पुगेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।