काठमाडौं । राष्ट्रपती विद्यादेवी भण्डारीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गने भएकी छन् । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपती भण्डारीले स्विकार गरेकी हुन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुग्नुभएका मन्त्री अथकले राष्ट्रपती भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गरेका छन्  । 

असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भईसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए  ।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन । प्रतियोगिताकालागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भईसकेको छ ।