काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी निवर्तमान सांसद एवम् मधेशकी प्रभावशाली नेता चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।  प्रधानमन्त्री तथा  कांग्रेस सभापति  शेरबहादुर देउवाले उनलाई पार्टीमान स्वागत गरेका हुन् । 
सो अवसरमा चौधरीले लोसपा देश र जनताको भन्दापनि नेताको स्वा र्थमा लागेका कारण  आफुले यो निर्णय लिएको बताएकी थिइन् ।

उनलाई  पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले कांग्रेसको पार्टी सद स्यता प्रदान गरेका थिए  । सो अवसरमा  पार्टी केन्द्रिय सदस्य डा आरजु राणा देउवा  र सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पनि चौध रीलाई स्वागत गरेका थिए ।