काठमाडौं । नेकपा  एमालेका अध्यक्ष केपी ओलीले  १० बुँदे सहमतिमार्फत पार्टीमै बसेका १० भाई समूहका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिने भएका छन् । एमाले अध्यक्ष केपी ओलीले १० बुँदे सहमती अक्षरशः पालना गर्छु भन्दै सहमती गरेर फर्किएका पार्टीका दोश्रो तथा तेश्रो पुस्ताका १० जना नेताहरु अहिले फेरी विलखबन्दमा पार्न लागेका हुन्  ।

ओली स्यवंले बोलेको र सहमती गरेको कुराबाट ओली पछि हटेपछि उनीहरु अब के गर्ने, नगर्ने भन्ने दोधारमा परेका छन् । माधवकुमार नेपालसमूहलाई अन्तिम समयमा धोका दिएर  ओलीका पछि लागेका उनीहरु अहिले न ओलीको विरोध गर्न सकिरहेका छन, न त सहमती कार्यान्वयन गर्नुस भन्नसकिरहेका छन् ।

कुनै समयमा ओली कहिले पनि नसुध्रिने भन्दै  नयाँ पार्टी गठन गर्नुपर्छ, ओली विरुद्ध विद्रोह गर्नुपर्छभन्दै चर्का चर्का भाषण तथा  नयाँ पार्टी गठन गर्न लाग्नुपर्छ भन्नेहरु अहिले घर नघाटको अवस्थामा पुगेका छन् । १० बुँदे सहमतिको नाममा एमाले छिरेका उनीहरुलाई ओलीले नत  कुनै पनि जिम्मेवारी दिएका छन् नत चुनावको लागि टिकटनै । बुधबार बसेको पदाधिकारी बैठकमा ओलीले १० बुँदे पक्षधरलाई   टिकट नदिने अडान लिए पछि  अहिले उनीहरु  घर न घाटको अवस्थामा पुगेका हुन्। 

ओलीले विगतमा माधव नेपालको पक्षमा लागेर आफूलाई हटाएर काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिदेखि सर्वोच्च अदालतसम्म जाने, आफूले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्ने र सडक आन्दोलन गर्ने गतिविधिप्रति माफी माग्नुपर्ने सर्त राखी रहेका छन् ।  ओलीले उनी हरलाई विगतका कमजोरीप्रति गम्भीर आत्मालोचना गर्दै पत्र लेख्नुपर्ने हडमन राखेका छन् ।

एमालेमा  १० भाई भनेर अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहरा, भीमबहादुर रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, गोकर्णराज विष्टलगायत छन् ।

ओलीले १० बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुन नसक्ने स्पष्टै बताइरहेका छन् । त्यसको मार सबैभन्दा बढी रावल, अष्टलक्षमी शाक्यलगायतलाई परेको छ । त्यत्तिमात्रै होइन, सार्वजनिक कार्यक्रममा समेत घनश्याम भुसालहरुको मानमर्दन समेत गरिएको गरिएकाे थियाे ।