जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा छाड्ने भएका छन् । उनी आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही–२ बाट निर्वाचन लड्ने भए पछि धनुष ३ छाड्ने भएका हुन् । 


२०७४ मा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महतो  २०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका थिए । 

महतोले एमालेको पनि अघोषित साथ पाएका पाएका कारण निर्वाचनमा जितहात पार्न सहज भएको थियो । 
त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।