काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

मिश्रले उमेदवारी घोषण गर्दा  मञ्चको एक छेउमा चन्दा बाकस  राखेर घोषणा गरेका थिए । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको पनि उपस्थिती रहेको थियो  । 

उनी २०७४ मा पनि यही क्षेत्रबाट विवेकशील साझा पार्टीबाट  उम्मेदवार बन्दा १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।